बैशाख २६, २०८१, बुधबार
               

कर्णालीका चिकित्सक आन्दोलनमा

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

काठमाडौं । कर्णालीका चिकित्किसक आन्दोलनमा उत्रेका छन् । 

कर्णाली प्रदेश अस्पतालमा करार सेवामा कार्यरत ८ औँ तहका चिकित्सकले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै बिहीबारदेखि आन्दोलन थालेका हुन् ।

आन्दोलनमा उत्रेका उनीहरुले अस्पतालको आकस्मिक सेवाबाहेकका अन्य सेवा ठप्प पारेका छन् ।

कर्णाली प्रदेश सरकारले प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सकहरुका लागि मंसिरदेखि लागू हुने गरी कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको, तर चालू आर्थिक वर्ष सकिनै लाग्दासम्म पनि सोको व्यवस्थापन नगरेकाले आपूूmहरु आन्दोलनमा उत्रेको उनीहरु बताउँछन् । 

आन्दोलनमा उत्रेका यसअघि पटक–पटक–पटक लिखित र मौखिक रुपमा सरकारलाई भत्ता उपलव्ध गराउन माग गर्दा बेवास्था गरेको बताएका छन् । 

चालू आर्थिक वर्षको अन्त्य हुनै लाग्दा पनि प्रत्साहन भत्ता दिने कुनै तरखर नगरेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको उनीहरुको भनाइ छ । 

कर्णालीमा दरबन्दी बमोजिमका विशेषज्ञ डाक्टर नआएपछि प्रदेश सरकारले विशेष प्रोत्साहन भत्ताको व्यवस्था गरेको थियो । 

यो पनि