जेठ ०४, २०८१, शुक्रबार
               

कोरोनाबाट कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत तुरुन्तै : कर्णालीको बजेट

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

कालीकोट । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७/०७८ को लागि बजेट पेस गरेका छन् । बजेटमा कोरोनाबाट कर्णालीमा कसैको मृत्यु भएमा एक लाख रुपैयाँ राहत स्वरुप उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

कोरोनाविरुद्धको लडाइँमा जनचेतना जगाउन स्वास्थ्य स्वयंसेविकालाई खटाइने भएको छ । स्वयंसेविकालाई प्रदेश सरकारले दिइरहेको प्रोत्साहन भत्ता नियमित गरेको मन्त्री ज्वालाले बताए । प्रोत्साहन भत्ताको लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड-१९ लाई परास्त गर्न खटेका सबैलाई उचित प्रोत्साहन दिइने, स्वास्थ्यकर्मीलाई सुरुको तलबको सय प्रतिशत तथा सरसफाइकर्मी, सुरक्षाकर्मी र सवारीचालकलाई पचास प्रतिशत भत्ता दिन बजेट विनियोजन गरिएको मन्त्री ज्वालाले बताए ।

 एक अर्ब पचास करोड ५८ लाखको कोभिड कोष परिचालन गरिने मन्त्री ज्वालाको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि