जेठ ०४, २०८१, शुक्रबार
               

माइतीघरमा युवाको प्रदर्शन: ‘विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ?’

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि भएको खर्च विवरण पारदर्शी बनाउन माग गर्दै शनिबार पनि काठमाडौंमा प्रदर्शन भएको छ । 

‘विधेयकका लागि धन्यवाद, १० अर्ब खोई ?’ लेखिएको प्लेकार्डसहित माइतीघर मण्डलामा युवाहरु उपस्थित भएका छन् । उनीहरुले हातमा गुलाब लगायतका फूलहरु लिएर सरकारलाई आफ्नो दायित्व नबिर्सिन स्मरण गराएका छन् ।

माइतीघरको सडक किनारमा भेला भएका युवाले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवाद दिँदै कोरोना नियन्त्रणमा खर्च भएको भनिएको १० अर्बको हिसाब मागेका छन् ।

युवाहरुले आररडीटी छोडेर शतप्रतिशत पीसीआर परीक्षण गर्न समेत माग राखेका छन् । त्यस्तै क्वारेन्टाइनलाई जोखिमयुक्त बनाउन सरकारसँग आग्रह गरेका छन् ।

केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा दिनहुँ सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । प्रदर्शनमा स्वतस्फुर्त रुपमा युवाहरुको सहभागिता बढ्दै गएको छ ।


कस्तो लाग्यो ?

यो पनि