काठमाडौं । काठमाडौंको माइतीघर मण्डलाबाट चार जना विदेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमका अमेरिकी, चिनियाँ, फ्रेन्च र अष्ट्रेलियन नागरिक रहेकको प्रहरीले जनाएको छ ।
एमसीसी र रुकुम हत्याकाण्ड बारे माइतीघर मण्डलामा पछिल्ला केही दिनदेखि आन्दोलन हुँदै आइरहेको छ ।
आन्दोलन भइरहेको क्षेत्रबाट पक्राउ परे पनि उनीहरु आन्दोलनमा सहभागी हुन गएका थिए वा आफ्नै काम विशेषले गएका थिए यकिन भइसकेको छैन ।
उनीहरुमाथि सोधपुछ तथा अनुसन्धान भइहरेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
विदेशी नागरिक नेपालको आन्तरिक विषयमा हुने कुनै पनि आन्दोलन तथा प्रदर्शनमा सहभागी हुन नपाउने नेपालको संविधानमा उल्लेख छ ।