जेठ ०७, २०८१, सोमबार
               

भूमि बैंककाे व्यस्था गरी अर्धबेरोजगारलाई कृषिमा जोड्ने

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सबैखाले जमिन खेर जान नदिन सघन खेती कार्यक्रम कार्यान्वयनमा ल्याइने भएको छ। खाली र बाँझो जमिनलाई खाली हुन नदिने कृषि उत्पादनलाई सरकारले प्राथमिकता दिने भएकाे छ । उक्त व्यवस्थाकाे लागि भूमि बैंकको व्यवस्था गरिने र चक्ला बन्दी खेतीलाई प्रोत्साहन गरिने नीति सरकारले लिएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा आगामी आवमा कृषि क्षेत्रमा थप आधुनिकीकरण, यन्त्रीकरण र विशिष्टीकरणमा जोड दिने बताएकी हुन्  ।

‘स्वदेशी वस्तुको उपभोग गरौँ, आन्तरिक उत्पादन प्रवद्र्धन गरौँ’ भन्ने अभियानलाई सरकारले नीति तथा कार्यक्रममा समेटेको छ भने प्रशोधित खाद्यबस्तु निर्यात गर्ने नीति लिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई प्रमुख कृषि कार्यक्रम बनाई देशभर विस्तार गरिने भएको छ। उत्पादकत्व अभिवृद्धि गर्दै एक स्थानमा एउटै बालीको उत्पादन गरी कृषि उपज बढाइनेछ राष्ट्रपति भण्डारीले बताइन् ।

साथै स्थानीय मौलिक खाद्यान्न, फलफूल, मत्स्यपालनको उत्पादकत्व, बहुप्रयोगबारे अनुसन्धान गरिनेछ । त्यस्तै बैदेशिक रोजगारबाट फर्केका र अर्ध बेरोजगारलाई कृषिमा जोड्ने नीति सरकारले लिएको छ। 

यो पनि