जेठ ०९, २०८१, बुधबार
               

भारतबाट भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु

रासस
चैत १०, २०७६

ADVERTISEMENT

अर्घखाँची । भूमिकास्थान नगरपालिका–१० धनचौरले भारतबाट घरमा भित्रिएकाको तथ्याङ्क सङ्कलन सुरु गरेको छ ।

भारतबाट कोरोनाको त्रासका कारण घरमा आएका खुलेआम गाउँघरमा हिँडडुल तथा भेटघाट गर्न सुरु गरेपछि होम क्वारेन्टाइनमा राख्न वडा कार्यालयले तथ्यांक संकलन सुरु गरेको वडाध्यक्ष खगेश्वर पन्थीले बताए ।

वडासदस्य र महिला स्वास्थ्य स्वयंसेविकालाई धनचौर स्वास्थ्यचौकी इन्चर्ज शिवप्रकाश जिसीले कोरोनासम्बन्धी प्रशिक्षण प्रदान गरी महिला स्वास्थ्य स्वयंसेविकालाई तथ्यांक संकनलनमा खटाइएको हो ।

प्रशिक्षण कार्यक्रममा वडासदस्य जनक गैरे, टामलाल भट्टराई, गङ्गा रेश्मी, स्थानीय इश्वरी मरासिनीलगायतले मन्तव्य राख्दै सत्यतथ्य डाटा संकलनमा सहयोग गर्ने बताएका थिए ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि