मंसिर ०७, २०८१, शुक्रबार
               

गर्भवती र सुत्केरीलाई अण्डा र घ्यु

रासस
फागुन १३, २०७६

ADVERTISEMENT

मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान पाँचखाल नगरपलिका–८ ले सुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले बताए । 

उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न सुरु गरिएको छ । ‘अभियानको पहिलो दिन १४ गर्भवती महिलालाई सो सामग्री वितरण ग-यौँ’, वडाध्यक्ष तामाङले भने, ‘गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण संकलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।’

गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन भइसकेको वडाध्यक्ष तामाङले बताए । 

त्यससँगै सुत्केरीपछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको व्यवस्था गर्ने अभियानमा रहेको उनले बताए । सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान सुरु भइरहेको वडाध्यक्ष तामाङको भनाइ थियो।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि