बैशाख १६, २०८१, आइतबार
               

पर्वतकी देवीमायाको पोर्चुगलमा मृत्यु

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

पोर्चुगलमा एक नेपाली महिलाको मृत्यु भएको छ ।

बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मृत्यु भएको हो ।

उनी पाँच वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।

गत मंगलबार उनको मृत्यु भएको गैरआबावसीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।  

देवीमायाको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी पछिल्लो केही समयदेखि बिरामी थिइन् ।

एनआरएनएले एक विज्ञप्ति जारी गर्दै उनको निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित् एवम् मर्माहत बनाएको जनाएको छ ।  

देविमायाको दाहसंस्कार भोलि (शुक्रबार) लिस्बनमै गरिने संघले जानकारी दिएको छ ।

यो पनि