बैशाख १५, २०८१, शनिबार
               

हृदयाघातबाट एनआरएनए कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको मृत्यु

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

सउल । दक्षिण कोरियामा एनआरएन दक्षिण कोरियाका क्षेत्रीय अध्यक्ष मदन भुजेलको हृदयाघातका कारण मृत्यु भएको छ । चुङ्नाम क्षेत्रका अध्यक्ष भुजेल शनिबार साँझ साथीहरूसँग फुटबल खेलेर केहीबेर आराम गर्ने क्रममा बेहोस भई ढलेका थिए । 

बेहोस भएपछि उनलाई तत्काल अस्पताल लगिएको थियो । उपचाररत उनलाई आइतबार बिहान अस्पतालले मृत घोषणा गरेको हो । उनी हालै सम्पन्न एनआरएनए कोरियाको क्षेत्रीय अधिवेशनबाट चुङ्नाम क्षेत्रीय समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनी प्रवासी नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय सदस्यसमेत थिए । उनको निधनलाई एनआरएन कोरियाले आधिकारिकरुपमा पुष्टि गर्नुका साथै शोक वक्तव्यसमेत जारी गरेको छ ।

उनको निधनले एनआरएनए कोरियालाई क्षति पुगेको भन्दै एनआरएनको नयाँ पदाधिकारीको पद तथा गोपनीयताको शपथसमेत अर्को सूचना जारी नभएसम्मलाई स्थगन गरिएको छ ।

भुजेल इ सेभेन प्रवेशाज्ञाअन्तर्गत विगत १२ वर्षदेखि कोरियामा बस्दै आएका थिए । उनका श्रीमती र छोराछोरी हाल नेपालमा छन् । हाल शवलाई प्रहरीले नजिकैको अस्पतालमा राखेको छ । 


कस्तो लाग्यो ?

यो पनि