बैशाख ०५, २०८१, बुधबार
               

एनआरएनले ओमानबाट पठायो ५६० थान अक्सिजन सिलिन्डर

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

गैरआवासीय नेपाली संघले नेपालमा भइरहेको अक्सिजन अभाव पूर्तिका लागि ओमानबाट ५६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएको छ ।

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको हो । 

सङ्घले नेपाली दूतावास ओमानको सहकार्यमा सिलिन्डर काठमाडौं पठाएको हो। 

एनआरएनएका सचिव आरके शर्माले खाडीमा कार्यरत नेपाली श्रमिक तथा व्यवसायी एक करोड ८ लाख रुपैयाँ संकलन गरेर सिलिन्डर पठाएको जानकारी दिए । 

त्यसका लागि कतारमा ३५ लाख, बहराइनमा २० लाख, ओमानमा १५ लाख, संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ लाख, साउदी अरबमा १३ लाख र कुवेतबाट १० लाख रुपैयाँ संकलन भएको थियो ।

यता चीनको राजधानी बेइजिङबाट चीन सरकारले दिएको अक्सिजन सिलिन्डर लिन निगमको वाइड बडी जहाज शनिबार नै राति त्यसतर्फ उडेको छ । 


कस्तो लाग्यो ?

यो पनि