बैशाख ०७, २०८१, शुक्रबार
               

बेचबिखन अभियोगमा कुवेतमा सातजना नेपाली महिला पक्राउ

नेपाल फ्ल्यास
माघ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । बेचबिखन अभियोगमा कुवेतमा सात जना नेपाली महिलाहरुलाई कुवेत प्रहरीले पक्राउ गरेको छ । प्राप्त जानकारी अनुसार घरेलु कामदारलाई भगाएर अर्को साहूलाई बेचेको अभियोगमा नेपाली महिलालाई पक्राउ गरेको हो ।

घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर कम्पनीको इजाजत नलिई काम गरिरहेका महिलालाई आर्थिक प्रलोभनमा पारेर अवैध तरिकाले बेचबिखन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको अरब टाइम्सले जनाएको छ। 

पछिल्लो समय भारत हुँदै नेपाली महिलालाई कुवेत लैजान कठिन भएपछि दलालहरूले घरमै काम गरिरहेका नेपालीलाई भगाउने र अर्को साहुलाई बिक्री गर्ने गरेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि