बैशाख २२, २०८१, शनिबार
               

कुवेतमा एक नेपालीको मृत्यु

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

दोहा । बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली श्रमिकको मृत्यु भएको छ ।

लमजुङ क्होलासोथार–५ सिङ्दी घर भएका ३४ वर्षीय लालबहादुर गुरुङको उपचारको क्रममा कुवेतको आदान अस्पतालमा मृत्यु भएको हो ।

मृतक गुरुङ विगत ११ वर्षदेखि कुवेतको अल सारी नेशनल कम्पनीमा कार्यरत रहेको तथा केही समयदेखि जन्डिसको उपचार गराइरहेको र उपचारकै क्रममा मृत्यु भएको कुवेतस्थित नेपाली दूतावास श्रोतले जनाएको छ ।

कुवेतले कोरोनाका करण लगाएको यात्रा प्रतिबन्धको करण शव नेपाल पठाउन ढिलाई हुने समेत दूतावासले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि