बैशाख २२, २०८१, शनिबार
               

कुवेतबाट बिचल्लीमा परेका ४ नेपालीको उद्धार

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

 कुवेत । कुवेतबाट ४ नेपालीको उद्धार गरिएको छ ।

गैरआवसीय नेपाली संघ केन्द्र र एनआरएनए कुवेतको संयुक्त सहयोगमा कुवेतमा रोजगारी गुमाई बिचल्लीमा परेका चार नेपालीको उद्धार गरिएको हो ।

उद्धार गरिएकाहरू तनहुँका राजु सावत, तेह्रथुमका भिमार सिङ लिम्बू, मकवानपुरका यादव  ढुंगाना र सिरहाका अजय कुमार मन्डल रहेका छन् ।

उनीहरुलाई कुवेतबाट नेपाल सम्मको हवाइ टिकट, कुवेतमा गरिएको कोरोनाको पिसिआर परीक्षण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनआरएनएकै स्वयंसेवकले रिसिभ गरी घरसम्म पुग्ने गरिको बसको टिकटको ब्यबस्था गरिएको गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष सुजन केसीले जानकारी दिए ।

साथै कोरोना महामारीका करण कुवेतमा  कसैलाई कुनै पनि समस्या भए  एनआरएनए कुवेतमा सम्पर्क गर्न पनि अध्यक्ष केसीले अनुरोध गरेका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि