बैशाख १५, २०८१, शनिबार
               

हङकङमा भीषण आगलागी, ७ जना नेपालीको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

एजेन्सी । हङकङमा भीषण आगलागी हुँदा ७ जना नेपालीको मृत्यु भएका् छ । मृत्यु हुनेमा ४ जना पुरुष र तीनजना महिला रहेको र तीमध्ये एक बालिका रहेको हङकङ प्रहरीले जनाएको छ ।

तर, उनीहरुको परिचय खुल्न बाँकी नै रहेको छ । हङकङस्थित क्यान्टोन क्षेत्रको एक अपार्टमेन्टमा आगलागी भएको बताइएको छ । प्राप्त जानकारी अनुसार साउथ चाइना मर्निङ पोष्टले जन्मदिनको पार्टी मनाइरहेको बेला आगलागी भएको हो ।

उक्त आगलागीमा १८ जना घाइते भएको र उनीहरुमध्ये तीन जनाको अवस्था गम्भीर रहेकोसमेत बताइएको छ । त्यस अपार्टमेन्टमा नेपाली रेष्टुराँ सञ्चालनमा रहेको, तर दर्ता भने नगरी चलाइएको प्रहरीको भनाइ छ । यस घटनाबारे हङकङ प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यो पनि