बैशाख १५, २०८१, शनिबार
               

४२ देशमा रहेका नेपालीमध्ये ४३ हजार ५ सयभन्दा बढी नेपालीमा कोरोना सङ्क्रमण

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामा व विदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर सुरू भएपछि एक सातामा विदेशमा ९६३ नेपालीमा संक्रमण पुष्टि भइसकेको छ ।

हालसम्म ४२ देशमा रहेका नेपाली मध्ये ४३ हजार ५६९ नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् । तीमध्ये ३९ हजार ५६५ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ ।

गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता विदेशमा रहेका थप ९६३ नेपालीलाई कोरोना सङ्क्रमण देखिएको हो । सङ्क्रमित मध्ये ४५० जना रोमानियामा रहेका नेपाली छन् ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता रोमानिया, पोल्याण्ड, स्पेन, कतार, भारत, क्यानाडा र बेलायतमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । संक्रमण बढे पनि यो साता विदेशमा कुनै पनि नेपालीले कोरोना भाइरसले ज्यान नगुमाएको संघले जनाएको ।

गत सातासम्म १९ देशका २८४ नेपालीको कोरोना सङ्क्रमणबाट निधन भइसकेको सङ्घले जनाएको छ  ।


कस्तो लाग्यो ?

यो पनि