बैशाख २२, २०८१, शनिबार
               

विदेशमा थप तीन नेपालीको मृत्यु, कति देशमा छन् संक्रमित ?

नेपाल फ्ल्यास
भदौ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट यस साता विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार पछिल्लोपटक कोरोना संक्रमणका कारण यूएईमा दुई जना र बेलायतमा एक नेपालीको मृत्यु भएको हो ।

१९५ जनाको मृत्यु

यसैबीच, शनिबार साँझसम्मको तथ्यांकअनुार १६ देशमा गरी कोरोना संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या १९५ पुगेको छ ।

साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरबलगायत देशमा (नेपालीमा) कोरोना संक्रमण हुने क्रम केही बढेको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले बताए । 

दोस्रो लहर सुरु

अस्ट्रेलिया र युरोपका केही देशमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि नेपाली समुदायमा समेत कोरोना संक्रमण सामान्य रूपमा बढेको बताइएको छ ।

३८ देशमा संक्रमित

हालसम्म विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसबाट संक्रमित भएको रकर्ड छ ।

हालसम्म ती देशमा बसोबास गर्ने ३४ हजार ७०१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ३२ हजार ५११ जना भने कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

सावधानी अपनाउन आग्रह

स्वास्थ्य समितिले कोरोना भाइरस संक्रमणको जोखिम कम भइनसकेकाले थप सचेत र सावधानी अपनाउन नेपाली समुदायलाई आग्रह गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि