अमेरिकाको टेक्ससमा तालमा डुबेर नेपाली छात्राको मृत्यु भएको छ ।
अमेरिकाको टेक्सस राज्यस्थित लेविसभिल तालमा डुबेर काठमाडौं घर भएकी २३ वर्षीया अस्मिता खनालको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेको छ ।
उनको शव गत आइतबार निकालिएको समाचारमा उल्लेख छ । डुंगामा सयर गरिरहेका बेला उनको मृत्यु भएको हो ।
टेक्सस नेपालीको बाक्लो बसोबास भएको अमेरिकी राज्यमध्ये एक हो ।