बैशाख १६, २०८१, आइतबार
               

कतारबाट फर्किएका १४९ जनालाई कोरोनाको आशङ्का भएपछि  खरिपाटी क्वारेन्टाइनमा लगियो

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

भक्तपुर । कोरोना संक्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, ६ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ ।  

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशङ्का भएपछि विमानस्थलबाट ९ वटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिए । 

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टाइनमा लगिएको हो । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि