बैशाख १३, २०८१, बिहीबार
               

अस्ट्रेलियामा ठगी गर्ने नेपाली विद्यार्थी जेल चलान

नेपाल फ्ल्यास
असार २६, २०७७

ADVERTISEMENT

अस्ट्रेलियामा ठगीको आरोप लागेका एक नेपाली विद्यार्थी जेल चलान भएका छन् । 

बिहीबार न्यूसाउथवेल्स राज्यको सदरल्याण्डस्थित अदालतले ठगी मुद्दाका आरोपित उनलाई १८ महिनाको जेल सजाय सुनाएको हो ।

ती विद्यार्थी २० वर्षका रहेको र उनी सन् २०१८ मा ‘आईटी’ विषय अध्ययनका लागि भनेर सिड्नी आएको खुलेको छ । 

उनी गत मार्च ३ मा न्यूसाउथवेल्स प्रहरीको फन्दामा परेका थिए । ठगी आरोपमा उनलाइ पक्राउ गरी अनुसन्धान थालिएको थियो । 

अनुसन्धानबाट उनले भारतबाट सञ्चालित गिरोहको सञ्जालसँग मिलेर अस्ट्रेलियाका वृद्धवृद्धाको क्रेडिट कार्डबाट पैसा चोरी गरेको पुष्टि भएको थियो ।

छलकपट गरेर आर्थिक लाभ लिएकोसहित १० वटा आरोप लगाउँदै स्थानीय बरउड अदालतमा पेश गरिएका उनले अदालतमा सबै आरोपहरू स्वीकारेका थिए । 

जेल सजाय सकिनासाथ उनी डिपोर्ट हुने सम्भावना रहेको जनाइएको छ ।

छलकपट गरी उनले ४ जना अस्ट्रेलियन नागरिकको कार्डबाट २१ पटकमा १८ हजार ५ सय डलर चोरी गरेको पुष्टि भएको छ ।


कस्तो लाग्यो ?

यो पनि