बैशाख २३, २०८१, आइतबार
               

अस्ट्रेलियामा ठगी गरेको आरोपमा नेहा र आयुष पक्राउ (भिडियो)

नेपाल फ्ल्यास
असार १०, २०७७

ADVERTISEMENT

अस्ट्रेलियाको सिड्नीमा बस्ने एक वृद्धाको हजारौं डलर ठगी गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी र १९ वर्षीय आयुष भट्टराई छन् । उनीहरु प्रेमी–प्रेमीका रहेको नाइनन्यूज डट कमले उल्लेख गरेको छ ।

पश्चिमी सिड्नीको टेलोपियास्थित वृद्धाको घरबाट सोमबार स्थानीय समयानुसार साढे चार बजे उनीहरु पक्राउ परेका हुन् ।

८५ वर्षीया वृद्धाले दिएको बयान अनुसार उनको बैंक खातामा समस्या आएको भन्दै टेलिफोनमार्फत् जानकारी दिइएको र नयाँ खाता बनाउनुपर्ने सल्लाह दिइएको थियो ।

त्यसपछि ती वृद्धालाई उनकै घरमा आउने कुरियरकर्मीलाई तीन हजार डलर दिन आग्रह गरियो । उक्त पैसा उनको नयाँ खातामा राखिने पनि विश्वास दिलाइयो ।

तीन हजार डलर रकम दिएपछि वृद्धालाई शंका लाग्यो र उनको प्रहरीलाई यसबारे जानकारी दिइन् ।

फेरि सोही समूहले वृद्धासँग पाँच हजार डलर माग गरेको र सोमबार पैसा लिन जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्तचरले उनीहरु अन्तरदेशीय ठगहरुको गिरोहमा संलग्न भएको पत्ता लगाएका छन् । जुन अष्ट्रेलियामा रहेका सदस्यको सहयोगमा भारतबाट सञ्चालित रहेको नाइनन्यूज डट कमले उल्लेख गरेको छ ।

अनुसन्धानकर्ताले यस्तै फोन पाएका अन्य पीडितबारे पनि पत्ता लागेको जानकारी दिएका छन् ।

गिरी र भट्टराईलाई पारामाटा स्थानीय अदालतमा मंगलबार पेश गरिएको थियो ।

उनीहरुलाई दुई महिनापछि अर्थात् अगस्ट २० मा पुनः अदालतमा उपस्थित गराइनेछ ।

भिडियो हेर्नुहोस्ः


कस्तो लाग्यो ?

यो पनि