बैशाख २५, २०८१, मंगलबार
               

बंगलादेशमा रहेका नेपालीलाई आइतबार स्वदेश फर्काइने

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

कोरोना भाइरसको कारण अप्ठ्यारोमा परेका बंगलादेशमा रहेका नेपालीलाई आगामी आइतबारदेखि स्वदेश फर्काउन सुरू गरिने भएको छ ।

बुधबार बिहानसम्म बंगलादेशमा रहेकामध्ये २९ जना नेपाली स्वदेश फर्किनका लागि पहिलो प्राथमिकतामा परेका ढाकास्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले जारी गरेको सूचना अनुसार गम्भीर स्वास्थ्य अवस्था भएका, सुत्केरी तथा गर्भवती, बालबालिका र ज्येष्ठ नागरिक, अध्ययन समाप्त भएक विद्यार्थी, पारिवारिक पुनर्मिलनमा आएकाहरू तथा पर्यटककारूपमा बंगलादेशमा पुगेर अलपत्र परेका नेपालीहरूलाई प्राथिमिकतामा राखिएको छ ।

नेपाल फर्किन चाहनेहरुले विमान खर्च र फर्केपछि क्वारेन्टाइनमा बस्दा लाग्ने सम्पूर्ण खर्च स्वयंले व्यहोर्नुपर्ने भएको छ ।

नेपाल आउनका लागि विमान भाडा १६५ अमेरिकी डलर अर्थात १४००० टाका (१९,९५८ नेपाली रुपैयाँ) लाग्ने पनि दूतावासले प्रष्ट पारेको छ । आइतबार नेपाल एयरलाइन्सको विमानले ढाकामा रहेका नेपाली काठमाडौँ ल्याउनेछ ।


कस्तो लाग्यो ?

यो पनि