बैशाख २६, २०८१, बुधबार
               

कतारले नेपालीलाई परीक्षण नगरी स्वदेश पठाउने

नेपाल फ्ल्यास
जेठ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । रोजगारीका लागि कतार गएका नेपालीहरुलाई स्वदेश फर्कर्दा स्वास्थ्य परीक्षण नहुने भएको छ ।

नेपालले विदेशबाट आउने नेपालीहरुले ७ दिनसम्मको स्वास्थ्य रिपोर्ट बुझाउनु पर्ने प्रावधान राखेको भएपनि कतारले उद्धार गरी ल्याउनेहरुको भने स्वास्थ्य परीक्षण नगरिदिने भएको हो ।

कतारका लागी नेपाली राजदूत नारद भारद्ध्वाजले नेपाल फर्कन चाहनेहरुको संख्या १० हजार भन्दा बढी रहेकोले थर्मलगनबाट ज्वरो नापेर पठाउनुको विकल्प नभएको बताए ।

कतारले अरु देशका नागरिकहरुलाई पनि स्वास्थ्य परीक्षण नगरी पठाएकोले नेपाललाई पनि त्यत्तिकै पठाउन लागेको उनको भनाई छ ।

स्वास्थ्य परीक्षणविनै कामदारहरु फर्काउनु पर्ने भएपछि कतार दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्रचार गरी निजी क्षेत्रबाट स्वास्थ्य परीक्षणका लागि सहजीकरण गरिदिन आग्रह गरिएको जानकारी दिए ।

यदी स्वास्थ्य परिक्षण नभएमा त्यत्तिकै पठाउनु पर्ने अवस्थामा आउने भएकोले सरकारले यस विषयमा तत्कालै सोच्न आवश्यक रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि