बैशाख २३, २०८१, आइतबार
               

राजदूत कार्कीले सुनेनन् अमेरिकामा नेपालीको पीडा !

नेपाल फ्ल्यास
बैशाख २५, २०७७

ADVERTISEMENT

काठमाडौँ । अमेरिकामा घुम्न गएर लकडाउनका कारण त्यहाँ अलपत्र परेका नेपालीहरूको पीडा त्यहाँस्थित नेपाली राजदूत अर्जुन कार्कीले सुनुवाइ नगरेको आरोप लागेको छ ।

अमेरिका घुम्न तथा आफन्त भेट्न गएका करिब ४ सय जनाले अमेरिकामा छन् । राजदूत कार्कीलाई स्वदेश फर्किने व्यवस्था मिलाइदिन पटकपटक आग्रह गरे पनि त्यसका लागि पहल नगरेको उनीहरूको छ ।

डीभी, पीआर नभई घुम्ने तथा आफन्त भेट्ने र केही व्यापारिक कामले अमेरिका पुगेका थिए । कोरोना भाइरसको संक्रमण फैलिएपछि नियमित उडान अवरुद्ध तथा लकडाउनसमेतका कारण उनीहरू उतै रहन बाध्य भएका थिए । त्यसमध्ये कतिपयको भिसाको अवधि सकिएको छ । निश्चित अवधिका लागि त्यहाँ गएका धेरैले बसाइ लम्बिएपछि आर्थिक अभावसमेत झेल्नु परेको छ ।

तर अहिलेसम्म अमेरिकास्थित दूतावासले उनीहरूको समस्या हल गर्न कुनै पहलकदमी गरेको छैन ।

अमेरिकामा लकडाउनका कारण अडकिनुपरेकाे नेपालीहरूले बिहीबार पनि भिडियो कन्फरेन्स गरी आफूहरूलाई उद्धार गरी नेपाल फर्काइदिन अनुरोध गरेका थिए । शान्तराज बतास, अर्जुन पुडासैनी, डा. रिमा जोशी, बादल प्रधान, कुलबहादुर केसी, विश्वनाथ आचार्यलगायतले नेपालीको तर्फबाट चाँडै नेपाल फर्काइदिन तथा भिसा सकिएकाहरूको शुल्क मिनाहा गराइदिन अनुरोध गरेका थिए ।

राजदूतले भने 'आफूलाई जतिसक्दो चाँडो तपाईँहरूलाई नेपाल फर्काउन पाए सन्तुष्ट हुने' भन्दै पन्छिएका थिए । राजदूत कार्कीले आफू अर्को बैठकमा जानुपर्ने भन्दै यथोचित समयसमेत नदिई तर्किएको आरोप अड्किएर बसेका नेपालीहरूले लगाएका छन् ।

 

यो पनि