बैशाख २७, २०८१, बिहीबार
               

कुवेतमा एकैदिन थप ११ नेपाली कोरोना सङ्क्रमित

नेपाल फ्ल्यास
बैशाख १९, २०७७

ADVERTISEMENT

कुवेतमा शुक्रबार थप ११ जना नेपालीहरूमा कोरोना सङ्क्रमण देखिएको छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीका अनुसार शुक्रबार थप ११ जनासँगै कुवेतमा सङ्क्रमित नेपालीको सङ्ख्या ७५ पुगेको छ ।

सङ्क्रमित सबैको कुवेत सरकारले आफ्ना नागरिक सरह नै उपचार गरिरहेको राजदूत भण्डारीले बताए । 

अहिलेसम्म कुवेतमा जम्मा १६०२ जना निको भएका छन् । तर निको हुनेको राष्ट्रियता नखुलाएकाले सङ्क्रमित नेपाली निको भए नभएको बारे जानकारी नहुने राजदूत भण्डारीले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि