बैशाख २७, २०८१, बिहीबार
               

कोरोना सङ्क्रमणबाट थप एक भूपू गोर्खाको निधन

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

लण्डनमा कोरोनाबाट शनिबार थप एकको निधन भएको छ । पुर्ख्योली घर तनहुँ शुक्ला गण्डकी नगरपालिका–१ भएका ७३ वर्षीय भूपूगोर्खा क्षेत्रबहादुर मल्लको उपचारका क्रममा निधन भएको तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङले जानकारी दिए ।

मल्ल सन् २०१२ देखि आफ्ना श्रीमती र छोरा–बुहारीसहित बेलायतको विनचेस्टरमा बस्दै आएका थिए । उनलाई पहिलादेखि उच्च रक्तचाप र मुटुको रोगसमेत रहेको र गत वर्ष मुटुको शल्यक्रिया पनि गरेको समाजका अध्यक्षले बताए ।

श्वासप्रश्वासमा कठिनाइ आएपछि उनलाई प्रिन्सेस आन अस्पताल साउथह्याम्टनमा एक साताअघि भर्ना गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि