बैशाख २०, २०८१, बिहीबार
               

कोरोनाबाट अहिलेसम्म बेलायतमा ३३ जना नेपालीको मृत्यु

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा मृत्यु हुने नेपालीहरुको संख्या अहिलेसम्म ३३ जना पुगेको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । 

साथै, बेलायतमा ४० जनामा कोरोना संक्रमितका विरामी पुष्टि भएको नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले जानकारी दिए । मृत्यु हुनेहरुमा करिब दुई दर्जन भूपू गोर्खाहरु रहेका छन् ।

कोरोनाबाट मृत्यु हुनेमा तीन जना महिला रहेका छन् । नेपालीहरुले आफ्नो वास्तविक अवस्थाबारे जानकारी दिन नचाहने भएकोले कोराेना संक्रमितको संख्या अझ बढी हुनसक्ने अनुमान छ ।  

बेलायतमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २० हजार ३ सय १९ पुगेको छ । बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जनामा कोरोना पोजिटिभ देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि