बैशाख १६, २०८१, आइतबार
               

कोरोनाबाट अमेरिकामा एक नेपालीको कोठामै मृत्यु

नेपाल फ्ल्यास
बैशाख ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा  एक नेपालीको अफ्नो कोठामै मृत्यु भएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ४४ वर्षीय पवनकुमार मल्ल नाम गरेका नेपालीको कोरोनाबाट मृत्यु भएको बताइएको छ ।

३ हप्ता अघिदेखि बिरामी भएका नेपालीको न्यूयोर्क उडसाइडस्थित आफ्नै कोठामा बुधबार मृत्यु भएको जनाइएको छ । स्रोतका अनुसार कोरोना संक्रमणबाट बिरामी भएका मल्ल उपचारका लागि केही दिनअघि अस्पताल पुगेको बताइएको छ ।

उपचारको लागि अस्पताल पुगे पनि अस्पतालले उनलाई भर्ना लिन नमानेको कारण ज्यान गएको स्रोतले जनाएको छ । मल्लका श्रीमती र दुई छोरी नेपालमा छन् ।

नेपालमा प्रहरी सेवामा जागिरे भएका उनी सन् २०१२ मा अमेरिका पुगेर न्यूयोर्कमा ग्रिन क्याब नामक ट्याक्सी ड्राइभरका रूपमा कार्यरत थिए । कोरोना भाइरसले अहिलेसम्म अमेरिकामा ८ जना नेपालीको मृत्यु भइसकेको छ ।
 

यो पनि