बैशाख १६, २०८१, आइतबार
               

अमेरिकामा दुई नेपालीको घरभित्रै मृत्यु

नेपाल फ्ल्यास
चैत २३, २०७६

ADVERTISEMENT

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा ४० वर्षमाथिका दुई नेपालीको घरभित्रै मृत्यु भएको छ । 

मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिए ।

जमैकामा एक्लै बस्दै आएका सोनाम केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिए पनि रिपोर्ट आउन बाँकी छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्त अमेरिकामा नभएका कारण त्यसपछिको अवस्था अज्ञात छ ।

त्यस्तै झण्डै १९ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेन बिष्टको पनि सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । 

विगत एकसातादेखि बिरामी रहेका उनले शव पनि प्रहरीले लगेर दाहसंस्कार गरिसकेको छ । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।

विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको अमेरिकाबाट सञ्चालित नेपाली समाचार पोर्टल खसोखासले जनाएको छ ।

सुरुमा टाउको दुख्ने र स्वास फेर्न गाह्रो हुने समस्या भएपछि बिष्ट सीटीएमडीमा उपचारका लागि गएका थिए । त्यसपछि उनलाई घरमै आराम गरेर बस्न भनिएको थियो । 

कहिले राम्रो हुने कहिले स्थीति एकदम नराम्रो हुने गरेकोमा अस्ती बेलुका खाना समेत खान नसकेको जनाइएको छ । 

बिष्ट न्युयोर्कको सन्नीसाइडमा बस्दै आएको मुस्ताङ किदुगको पूर्व अध्यक्ष नोर्बु बिष्टले जानकारी दिए ।

उनको पनि कोरोना संक्रमणबाट मृत्यु भएको अनुमान गरिए पनि रिपोर्ट आउन बाँकी छ । 

उनको दाहसंस्कारमा उनका दाजु र समुदायका अन्य व्यक्तिलाई पनि सहभागी हुन नदिइएको जनाइएको छ । थोंग्वेनका दुईवटा छोरा र श्रीमति काठमाडौंमा छन् ।


कस्तो लाग्यो ?

यो पनि