बैशाख २९, २०८१, शनिबार
               

पोर्चुगलमा अप्ठयारामा परेका नेपालीलाई सहयोग गर्ने

रासस
चैत ०९, २०७६

ADVERTISEMENT

काठमाडाैँ । पोर्चुगलका लागि नेपाली अवैतानिक वाणिज्यदूत मकरबहादुर हमालले कोरोना सङ्क्रमणबाट बच्न नेपालीलाई सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार वक्तव्य जारी गर्दै उनले पोर्चुगल सरकारले जारी  गरेको आपत्कालीन घोषणाको आचारसंहिता पालना गरी सुरक्षित रहन सम्पूर्णलाई आह्वान गरेका हुन। 

यस अवधिमा पोर्चुगलमा रहने नेपाली दिदिबहिनी तथा दाजुभाइमा आइपर्ने स्वास्थ्य समस्या तथा आपत्विपत्मा सहयोग र परामर्शका  लागि नेपाली अवैतानिक दूतावास लिस्बन पोर्चुगलको मोबाइल नम्बर ९६९१९०९१९ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । एनआरएनए पोर्चुगलले पनि विक्रमजङ्ग कुँवरको नेतृत्वमा सहायता कक्ष सञ्चालन गरिएकाे छ ।

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि