बैशाख २२, २०८१, शनिबार
               

आफ्नो राजीनामा मागेको विषय अस्वाभाविक होइन : गृहमन्त्री

नेपाल फ्ल्यास
साउन ०९, २०८०

ADVERTISEMENT

गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले विभिन्न ढङ्गले सरकारको भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास भइरहेको जिकिर गरेकन छन् । सत्ता गठबन्धनकै सांसदले आफ्नो राजीनामा माग्नुलाई आफ्नो अभियान रोक्ने प्रयासको रूपमा टिप्पणी गरे । 

आज प्रेस सेन्टर नेपालले गोरखामा गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री श्रेष्ठले गलत प्रवृत्ति भएका पात्रहरू सत्ता गठबन्धनभित्रै पनि हुन सक्ने बताए । उनले सत्तापक्षकै सांसदले आफ्नो राजीनामा मागेको विषयलाई अस्वाभाविक रूपमा नलिएको पनि बताए । 

नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरणको अनुसन्धान जारी रहेको पनि उनले बताए । अनुसन्धानमा विराम नलागेको बताउदै मन्त्री श्रेष्ठले  तथ्य प्रमाणले जहाँसम्म पुग्नुपर्छ, सरकार पुग्ने पनि ठोकुवा गरे । 

गृहमन्त्री श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिएको विषयलाई सरकारले निकै गम्भीर र संवेदनशीलरूपमा लिएको बताउदै, विमानस्थलको सुरक्षालाई सरकारले नयाँ ढङ्गले व्यवस्थापन गर्ने तयारी गरिरहेको पनि जिकिर गरे । 


 

यो पनि