बैशाख १३, २०८१, बिहीबार
               

सांसद तामाङद्वारा संघीयता खारेजीको माग

नेपाल फ्ल्यास
जेठ १४, २०८०

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष एवं सांसद बुद्धिमान तामाङले नीति तथा कार्यक्रम सुन्दा कर्णप्रीय छन्, मिठा शब्दजालहरू प्रशस्तै भए पनि मुलुकको आजको अवस्थालाई सम्बोधन नसक्ने बताएका छन्।

नीति तथा कार्यक्रम माथि शनिबार प्रतिनिधिसभामा बोल्दै तामाङले भने, ‘कहाँ पुग्ने, लक्ष्य र प्राथमिकतामा के हो भन्नेमा चरम अलमल र दुबिधा रहेको यो कार्यक्रम सत्ता साझेदार दलका कार्यक्रमलाई समेट्दा उँट बनेको छ।’

सार्वजनिक ऋण २१ खर्ब ५४ अर्ब १२ करोड रुपैयाँ पुगेको भन्दै तामाङले भने, ‘यस्तो अवस्थामा ऋण काढेर घिउ खाने होइन, जीउ जोगाउने उपाय खोज्नुपर्छ।’ सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने जस्ता सुन्दा कर्णप्रीय कुराले सार्वजनिक खर्च कटौती नहुने उनले बताए। त्यसका लागि प्रदेश संरचना खारेज गर्न माग गरे।

नीति तथा कार्यक्रम बुढीगण्डकी जलविद्युत् आयोजना र सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउने कार्यक्रम समावेश गरिएको सरकारको प्रशंसा गरे। तर,यसलाई अघि बढाउने सरकारसँग ठोस मोडालिटी नहुँदा यो परियोजना आकाशको फल आँखातरी मर जस्तो हुने त होइन भन्न आशंका व्यक्त गरेका छन्।  ‘सल्यानटारमा सिँचाइ सुविधा पुर्‍याउन कुरा नीति तथा कार्यक्रममा मात्र होइन स्रोतको सुनिश्चिततासहित बजेट निर्माण गर्न पनि सरकारको ध्यान जाओस्,’ उनले भने,‘कुनै योजना बिना दुई वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने कुरा फगत गफ मात्र हुन्।’  

यो पनि