बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्री दाहालविरुद्धको रिटमा अग्राधिकारसहित कारण देखाउ आदेश जारी

नेपाल फ्ल्यास
फागुन २६, २०७९

ADVERTISEMENT

काठमाडौं । द्वन्द्वकालको हिंसाबारे प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको गम्भीर अभिव्यक्तिलाई लिएर उनीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको हो । अब प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो अभिव्यक्तिबारे सर्वोच्चमा लिखित जवाफ पेश गर्नुपर्ने छ ।

सुनुवाइअघि रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठलगायतका माओवादीका कानुन व्यावसायीले दरपीठ खारेज गरी रिट दर्ता गर्न आदेश दिएका कारण सो रिटको सुनुवाइ नगर्न न्यायाधीश खतिवडालाई आग्रह गरेका थिए । तर कानुनले नरोकेको भन्दै खतिवडाले सुनुवाइ अघि बढाएका थिए ।

दुई वर्षअघि द्वन्द्वकालीन हत्यामध्ये पाँच हजारको जिम्मा आफूले लिने अभिव्यक्ति दाहालले दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर द्वन्द्वपीडित २८ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा दाहाललाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरिएको छ ।

अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। गत शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश गरेको थियो। आदेशपछि मंगलबार रिट दर्ता भएको थियो।

रिटको पहिलो पेसी हिजो बिहीबार आनन्दमोहन श्रेष्ठको इजलासमा परे पनि हेर्न नभ्याएका कारण आज सरेको थियो ।

यो पनि