बैशाख २०, २०८१, बिहीबार
               

कांग्रेस नेता पौडेल राष्ट्रपतिमा निर्वाचित

नेपाल फ्ल्यास
फागुन २५, २०७९

ADVERTISEMENT

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै पौडेल राष्ट्रपति बनेका हुन् ।

पौडेलको पक्षमा  ३३ हजार ८०२ र नेम्वाङको पक्षमा  १५ हजार ५१८ मतभार परेको थियो । 

बिहीबार बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म राष्ट्रपतिका लागि मतदान भएको थियो । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो ।

निर्वाचित हुन कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्छ। ५० प्रतिशत मत कटाउन नसके पुनः निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ। राष्ट्रपतिको चुनावको कुल मतभार ५२ हजार ६२८ थियो ।

यो पनि