बैशाख ०७, २०८१, शुक्रबार
               

प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा

नेपाल फ्ल्यास
फागुन २५, २०७९

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध दायर भएको रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा परेको छ । 

द्वन्द्वकालीन हत्यामध्ये आंशिक जिम्मेवारी दिने भनेर दिएको अभिव्यक्तिविरुद्ध प्रधानमन्त्रीसमेत रहेका प्रचण्डविरुद्ध रिट परेको थियो । गोलाप्रथाद्वारा तोकिएको पेसी तेस्रो (घ) नम्बरमा रहेको छ । 

अधिवक्ता ज्ञानेन्द्र आरणसहितले दायर गरेको रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो। प्रशासनले दरपिठ गरेपछि निवेदकहरू इजलासमा पुगेका थिए। 

प्रचण्डले द्वन्द्वकालीन हत्यामा ५ हजारको जिम्मा आफूले लिन्छु भनी दिएको भनी अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर द्वन्द्व पीडितहरू न्यायालय पुगेका हुन्।

सुरुमा रिट सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। गत शुक्रवार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको इजलासले रिट दर्ता गर्न आदेश गरेको थियो। आदेशपछि मंगलबार रिट दर्ता भएको थियो।

रिटलाई खारेज गर्ने कि अघि बढाउने भन्ने बारे आजको पेसी महत्त्वपूर्ण रहेको छ । 

यो पनि