बैशाख १४, २०८१, शुक्रबार
               

राजनीतिले कोल्टे फेर्‍यो, राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा

नेपाल फ्ल्यास
फागुन १३, २०७९

ADVERTISEMENT

नेपालको राजनीतिले एकाएक कोल्टे फेरेको छ ।

एमाले सत्ताबाट बाहिरिने अवस्थामा पुगेको छ भने कांग्रेस सत्तासीन बन्दै छ । राप्रपाका तीन मन्त्री र एक राज्यमन्त्रीले राजीनामा गरिसकेका छन् । राप्रपाले सबै प्रदेशबाट आफ्ना मन्त्रीलाई फिर्ता बोलाइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पर्ख र हेरकै रणनीतिमा छ । 

राष्ट्रपतिमा दुई पूर्व सभामुखबिच प्रतिस्पर्धा हुने भएको छ । कांग्रेसले वरिष्ठ रामचन्द्र पौडेल र एमालेले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख पनि हुन् । कांग्रेस उम्मेदवार पौडेललाई माओवादी केन्द्रसहित ८ दलको समर्थन छ । राजनीतिक गणितमा फेरबदल नभए उनीसँग राष्ट्रपति निर्वाचित हुन पुग्ने मत छ । कांग्रेसबाहेक माओवादी, जसपा, नेकपा एस, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गरेको छ ।

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन् । धर्मनिरपेक्षका कट्टर पक्षपाती नेम्वाङलाई हिन्दु राष्ट्रको हिमायती राप्रपाले भोट दिने अवस्था छैन । राप्रपा स्रोतका अनुसार राप्रपाको मत निर्णायक नहुने अवस्थामा राष्ट्रपति निर्वाचनमा राप्रपाले मत हाल्ने छैन । कांग्रेस र माओवादीका शीर्ष नेताहरू रास्वपालाई मनाउने प्रयास गरिरहेका छन् । 

यो पनि