बैशाख १४, २०८१, शुक्रबार
               

सुरुमै किन डराए दाहाल!

नेपाल फ्ल्यास
पुस १४, २०७९

ADVERTISEMENT

धेरैवटा राजनीतिक दलको विश्वास र समर्थन पाएर प्रधानमन्त्री बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल सुरुमै भयभीत बनेका छन्।

उनले मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सकिरहेका छैनन्। मन्त्रिपरिषद्लाई तत्काल पूर्णता दिँदा सत्ता गठबन्धन दलहरूबीच किचलो देखिने भएपछि उनले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन पुस २५ मा आह्वान गरेकी छन्। संसद्को सुरुवातका दिनमै विश्वासको मत लिने प्रधानमन्त्रीको चाहना छ। संविधानअनुसार प्रधानमन्त्रीले नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। 

पुसभित्र सरकारले विश्वासको मत लिने गरी संसद् सचिवालयले तयारी बढाएको छ। अनि सभामुख र उपसभामुखको चयन हुनेछ। राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम बनाइनेछ।

यो पनि