बैशाख ०७, २०८१, शुक्रबार
               

सबैलाई पहिलो कार्यकाल नै प्रधानमन्त्री चाहिने !

नेपाल फ्ल्यास
पुस ०९, २०७९

ADVERTISEMENT

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफूले नछोड्ने भएका छन् ।

दाहालले नछोड्ने भएपछि सत्ता गठबन्धनमा सरकारको टुंगो लाग्न सकेको छैन । 

सत्ता गठबन्धनले निरन्तरता पाउने कि नपाउने भन्नेमा प्रश्न उठ्न थालेको छ ।

कांग्रेसका नेताहरू रामचन्द्र पौडेल र प्रकाशमान सिंहले पहिलो कार्यकाल सरकारको नेतृत्व गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई नै दिन दाहाललाई मनाउन प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन ।

शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी अध्यक्ष दाहाल टसमस नभएपछि सरकार गठन पेचिलो बनेको हो ।

छलफलमा देउवाले पहिलो कार्यकाल दाहाललाई दिँदा आफ्नो दलभित्र समस्या आउने बताएका थिए ।

सत्ता गठबन्धनका नेताहरूबीच आइतबार फेरि छलफल हुने भएको छ । 

उनीहरूबीच आलोपालो सरकार चलाउने सहमति भए पनि रोलक्रममा कुरा नमिलेको हो ।

बैठकपछि कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले कार्यकालको विषयले गठबन्धन नटुट्ने दाबी गरे ।

यो पनि