बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीमा आआफ्नै दाउपेच

नेपाल फ्ल्यास
पुस ०८, २०७९

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा पहिलो चरणमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउन चाहने र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाउपेच चलिरहेको छ ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको बहुमत जुटाएर प्रधानमन्त्रीमा दाबी प्रस्तुत गर्न समय दिइसकेको अवस्थामा दलहरू निर्णयमा पुग्नु पर्ने अवस्थामा छन् ।
माओवादी अध्यक्ष दाहालले आफूलाई प्रधानमन्त्री दिने कि नदिने भन्नेमा शुक्रबारभित्रै निर्णय दिन भनेपछि प्रधानमन्त्री देउवा दबाबमा छन् ।
यति नै बेला कांग्रेसले आफूलाई साथ नदिएमा एमालेको समर्थन आफूले लिने अनि राष्ट्रिय स्वतन्त्र पार्टी जसपासमेतको समर्थनमा आफू प्रधानमन्त्री बन्ने खेलमा दाहाल रहेका छन् ।
उता प्रधानमन्त्रीले पनि एमालेले दाहाललाई समर्थन नगर्ने बरु २०५६ सालमा जस्तो कांग्रेस र एमाले मिलेर सरकार चलाउन सक्ने अस्त्र फ्याकेका छन् ।

यो पनि