बैशाख १४, २०८१, शुक्रबार
               

माओवादी संसदीय दलको नेतामा दाहाल नै !

नेपाल फ्ल्यास
पुस ०७, २०७९

ADVERTISEMENT

माओवादी संसदीय दलको नेतामा दाहाल नै !

नेकपा माओवादी केन्द्रले आज बिहीबार संसदीय दलको नेता चयन गर्दै छ।

दलको नेता चयनका लागि अपराह्न ४ बजे दलको बैठक बोलाइएको छ । समाचार तयार पार्दासम्म माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टक्कर दिने कोही निस्किएका छैनन् ।

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणपछि माओवादीले दलको नेता चयन गर्न लागेको हो । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज दिउँसो १ बजे नवनिर्वाचित सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।

प्रत्यक्षतर्फबाट १८ र समानुपातिकतर्फबाट १४ सिटसहित प्रतिनिधिसभामा माओवादीका ३२ सांसद छन् ।

माओवादीले दलको नेता चुनेसँगै भावी सरकार निर्माणबारे सत्तारुढ गठबन्धनभित्र छलफल अगाडि बढ्ने नेताहरूले बताएका छन् ।

यो पनि