बैशाख १४, २०८१, शुक्रबार
               

लोकतन्त्रका नामको लुटतन्त्रलाई अब लखेटिनेछ: लिङ्देन

नेपाल फ्ल्यास
कात्तिक १९, २०७९

ADVERTISEMENT

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको भन्दै अब लुटतन्त्रलाई बिदाइ गरिने छन् ।

गोरखामा शनिबार भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भएको ज्यादतीको छानबिन गरी अन्त्य गर्ने बताए ।

उनले भ्रष्टाचारका मामिलामा ठूला भनिएका राजनीतिक दलहरूभित्र अघोषित राष्ट्रिय सहमति भएको आरोप लगाए ।

उनले राजनीतिक दलहरूको मनोमानीका कारण समाज विभाजित भइरहेको र राष्ट्रिय एकता सङ्कटमा परेको जनाए ।

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति इङ्गित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरूले जनताको लागि नभई विदेशीहरूका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको कटाक्ष गरे ।

उनको राजनीतिमा विदेशीको चासो र हस्तक्षेप बढेको उल्लेख गर्दै विदेशीको आशीर्वादविना मन्त्री, प्रधानमन्त्री हुनसक्ने स्थिति

नरहेको पनि बताए । नेपाली नेताहरूमा विदेशीसामु आत्मसमर्पणको प्रवृत्ति रहेको उनले बताए ।

अध्यक्ष लिङ्देन आज काठमाडौं, गोरखालगायतका जिल्लाका चुनावी सभामा पुगेका थिए ।

यो पनि