बैशाख ०८, २०८१, शनिबार
               

ठूला भनिने दलले देश बर्बाद पारे : लिङ्देन

नेपाल फ्ल्यास
चैत १०, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने बताएका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले उक्त पार्टीहरूलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोर्‍याउन आग्रह गरेका छन् । 

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सीमित नेताको चक्रव्यूहमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरूलाई भोट दिने हो भने हामी बर्बाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्बाद हुन्छ ।’ 

कांग्रेस, एमाले र माओवादीले चुनाव जितेर देश बनाउँछ भन्नु साँढेको टाङमुनी बाल्टी थाप्नु जस्तै भएको लिङ्देनले टिप्पणी गरे । ‘साढेको टाङमुनी बाल्टी थापेर दूध आउँछ ? साँढेले दूध दिएन भनेर त्यसलाई सुमसुम्याउँदा हुन्छ ? खान पुगेन भनेर दाना थपिदिँदा दूध आउँछ ? साँढेको धर्म नै दूध दिने होइन कसरी आउँछ, त्यसैले ठुला भनिने दललाई भोट दिएर देश बन्छ भन्नु पनि त्यस्तै हो,’ उनले भने ।

 ठूला भनिएका राजनीतिक पार्टीले देशलाई भिख माग्ने बनाएको भन्दै उनले एमसिसी पास गर्नु गलत भएको तर्क गरे । सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरू रामराज कोइराला, लोकनाथ तिवारी लगायतले सम्बोधन गरेका थिए ।

यो पनि