चैत १५, २०८०, बिहीबार
               

बागमती प्रदेशमा आज विश्वासको मत लिँदै मुख्यमन्त्री शाक्य, सरकार ढल्दै !

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । अहिलेसम्मको राजनीतिक समीकरण अनुसार शाक्यको सरकार ढल्ने निश्चित छ । 

शाक्यको ठाउँमा नेकपा एसका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् । यो समीकरण पूरा भएपछि शाक्यलाई भने 'चोक्टा खान गएकी बुहारी झोलमा डुबेर मरी' भने सरह हुने छ । लामो समय केपी शर्मा ओलीको आलोचक रहेकी शाक्यले मुख्यमन्त्री पाएपछि माधव नेपाललाई छोडेकी थिइन् ।

प्रदेशसभामा अल्पमतमा रहेकी उनले मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् । दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दै छ । 

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २-२ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। 

यो पनि