बैशाख १५, २०८१, शनिबार
               

देउवाको एक महामन्त्रीमा डा. महत पक्का, उपसभापतिमा खड्का र गच्छदारको सम्भावना

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको चटारोमा छ । आजदेखि वडा तहको अधिवेशन सुरु भएको छ ।

संस्थापन इतर समूहले एक भएर अघि बढ्ने अपत्यारिलो हल्ला चलाएसँगै संस्थापन पक्षले पनि आफ्नो टिम निर्माणको तयारी सुरु गरेको छ । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले महाधिवेशनको सम्भावित पदका लागि टिम बनाउने थालेका छन् ।

कांग्रेसमा यस पटकबाट कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने व्यवस्था छ । त्यसकारण पनि पदाधिकारीको दौड रोचक बनिरहेको छ । देउवा दुई उपसभापति र दुइवटै महामन्त्रीमा जित्ने उम्मेदवारको सुनिश्चितता खोजिरहेका छन् ।

स्रोतका अनुसार उपसभापतिमा महामन्त्री पूर्णबहादुर खड्का र विजय गच्छदारलाई अघि सार्ने तयारीमा देउवा छन् । महामन्त्रीमा देउवाले आफ्ना विश्वासपात्र डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन् ।

बालुवाटार निकट स्रोतका अनुसार देउवाले महतलाई बोलाएर महामन्त्रीको तयारी थाल्न निर्देशनसमेत दिइसकेका छन् । देउवाले महतलाई आफू पनि जित्ने र टिमलाई पनि जिताउने रणनीति बनाउने जिम्मेवारी दिएका छन् । सभापतिको निर्देशनपछि महतपछि रणनीति बनाउन व्यस्त रहेको कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।

महतले देउवाको अन्तर्राष्ट्रिय सम्बन्धदेखि संगठन निर्माणमा सधैँ सहयोग गर्दै आएका छन् । महत कांग्रेसभित्र कुशल संगठक तथा विद्वान नेताको रूपमा नेता परिचित छन् ।

केही दिन अघिमात्र पार्टी कम समावेशी भएको भन्दै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजीनामा नै दिएका थिए । त्यसको संयोजन गर्ने तथा पार्टीमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन महतले नै अग्रसरता लिएका थिए । महतले अग्रसरता लिएपछि अब दलित, मधेसी, महिला तथा समाजमा पछि परेका अरू समुदाय तथा वर्गको कांग्रेसका वडादेखि केन्द्रीय तहसम्म प्रतिनिधित्व सुनिश्चित भएको छ ।

महत पार्टीभित्र मात्र नभएर पार्टी बाहिर पनि कांग्रेसका लागि देखाउने अनुहार हुन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका महत अन्तर्राष्ट्रिय मामिलाका पनि जानकार हुन् । महतनै परराष्ट्रमन्त्री भएका बेला नेपालको दुवै छिमेकीसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको थियो ।

महामन्त्रीको तयारीसँगै सभापति र आफ्नो टिम जिताउने रणनीति बनाउन महत अहिले क्रियाशील छन् । उनले उपसभापति वा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा पनि गरिसकेका छन् । तर सभापति देउवाको निर्देशनपछि उनको निशाना महामन्त्रीतर्फ बढेको छ ।

महत कांग्रेसका युवा पुस्तामाझ अझ बढी लोकप्रिय नेता हुन् । लामो समयदेखि महतले कांग्रेसको प्रमुख भातृ संगठन नेविसंघलाई पार्टीको तर्फबाट हेरिरहेका छन् । देउवा समूहबाट अर्को महामन्त्रीको उम्मेदवारको भने तय भइसकेको छैन । संस्थापन पक्षका अरू दाबेदारहरू पनि एउटा महामन्त्रीमा महत सुनिश्चित भएको र अर्को महामन्त्रीको उम्मेदवार तय गर्न बाँकी रहेको बताइरहेका छन् ।

देउवाले उपसभापतिमा खड्का र गच्छदारलाई अघि सार्ने योजना देखिएको छ । यसबीचमा प्रकाशमान सिंहलगायतलाई आफ्नो समूहमा ल्याउन देउवा प्रयत्नशील रहेको बालुवाटार स्रोतले जनाएको छ । राप्रपाबाट आएका पूर्वमन्त्री एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापालाई पनि कुनै जिम्मेवारीमा ल्याउन देउवा चाहन्छन् । सुनिल अहिले कांग्रेसको सहमहामन्त्री छन् । 

यो पनि