चैत १६, २०८०, शुक्रबार
               

दल विभाजन सम्बन्धी अध्यादेशप्रति अध्यक्ष राणाको आपत्ति

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले राजनीतिक दल सम्बन्धी अध्यादेशप्रति असहमति जनाएका छन् । 

राप्रपा केन्द्रीय कार्यालयमा आज भएको एक कार्यक्रममा राणाले अध्यादेशले मुलुकमा राजनीतिक स्थिरता नहुने आशंका गरेका हुन् ।

अध्यक्ष राणाले पूर्ववर्ती सरकारले ४० प्रतिशत प्रावधान राखी जारी गरेको अध्यादेशको चर्को विरोध गर्ने हालको गठबन्धनका दलहरूले दलको केन्द्रीय समिति वा संसदीय दलमध्ये एक ठाउँमा २० प्रतिशत भए दल फुटाउन सकिने प्रावधानले मुलुक गम्भीर संकटमा फस्ने ठोकुवासमेत गरेका थिए ।

उनले मधेसका मुद्दालाई राजनीतिक दाउपेचको विषय मात्र बनाइएको बताए । ठूला राजनीतिक दल र मधेस केन्द्रित दलको क्रियाकलाप अस्वाभाविक र लज्जास्पद रहेको बताउनु राणाले मधेस मामिलामा राप्रपा मात्रै जिम्मेवार दल भएको दाबी गरेका थिए ।

सरकार गठनको एक महिनाभन्दा बढी समय भइसक्दा मन्त्रिपरिषद्ले पूर्णता नपाएकोले देउवा सरकारबाट जनताले ठूलो आशा राख्न नसकेको बताउँदै अध्यक्ष राणाले सरकार असफल हुने संकेत देखिइसकेको तर्क गरे ।

कार्यक्रममा सप्तरीका तीन दर्जनभन्दा बढी राप्रपामा प्रवेश गरेका थिए । नवप्रवेशीलाई अध्यक्ष राणाले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका थिए ।

लामो समय नेपाली कांग्रेसमा रही ०५४ को निर्वाचनमा राजविराज नगरपालिकामा मेयर पदको उम्मेदवार रहेका, ट्रेड युनियनमा आबद्ध उमेश कमान्डो भनिने उमेशप्रसाद शाहसहित सुरेन्द्रकुमार साह, रामबहादुर साफी, मुरबिमा साफी, अरविन्द साहलगायत राप्रपा प्रवेश गरेका हुन् । राप्रपा प्रवेश गर्नेमा कांग्रेस, एमाले र जसपाका कार्यकर्ता रहेका छन् ।

यो पनि