बैशाख १४, २०८१, शुक्रबार
               

अष्टलक्ष्मी बनिन् पहिलो महिला मुख्यमन्त्री

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शपथ लिएलगत्तै उनले दुई मन्त्री नियुक्त गरेकी छन् । अष्टलक्ष्मी नेपालको पहिलो महिला मुख्यमन्त्री समेत बन्न सफल भएकी छन् ।

संविधानको धारा १६८(१) अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्  ।

उक्त धारामा 'प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने' उल्लेख छ ।

शाक्य बुधबार नै बागमती प्रदेश एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चयन भएकी थिइन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएका थिए । पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरिएक थियो ।

को हुन् अष्टलक्ष्मी ?

बागमती प्रदेशको मुख्य मन्त्री भई नेपालकै पहिलो महिला मुख्य मन्त्री हुन लागेकि अष्टलक्ष्मी शाक्यको जन्म सन १९५३ मा काठमाडौंको झोंछेमा भएको थियो ।

उनि अनवरत रुपमा नेपालको कम्युनिष्ट आन्दोलनमा सक्रिय महिला नेतृ हुन् । उनले नेकपा एमालेको विभिन्न पदमा कार्य गरिसकेकि छिन् । उनि उध्योग, महिला बाल बालिका तथा समाजकल्याण मन्त्रीका रुपमा पनि कार्यरत भैसकेकि छिन् ।

पंचायत विरुध्दको संघर्षमा लामो समय कार्य गर्नुका साथै भुमिगत राजनीति गरेकि शाक्यको बिबाह सोही पार्टीका नेता तथा पूर्व मन्त्री अमृत बोहरासंग भएको थियो । पार्टीमा नेतृ शाक्यलाई शालिन व्यक्तित्वका रुपमा लिने गरिएको छ ।

यो पनि