बैशाख ०८, २०८१, शनिबार
               

बैठकलगत्तै शीतल निवास पुगे प्रधानमन्त्री देउवा

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । 

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनलाई खुकुलो बनाउने प्रावधानसहितको राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन राष्ट्रपतिलाई सिफरिस गर्ने निर्णय गरेको थियो ।

त्यसलगत्तै प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन् ।   

देउवा प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रको शपथ ग्रहणमा सहभागी हुन शीतल निवास पुगेको बालुवाटार स्रोतले जनाएको छ । 

यसैबीच, आजै देउवा सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । 

यो पनि