बैशाख २२, २०८१, शनिबार
               

शेखरको अडान : विशेष हुँदैन, नियमित अधिवेशनमा जानुको विकल्प छैन

नेपाल फ्ल्यास
साउन २९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका छन् । 

नेपाली कांग्रेसको संस्थापन इतर समूहकै नेताहरुले विशेष महाधिवेशन माग गरिरहेका बेला डा. कोइरालाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताएका हुन् । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प नभएको बताए । 

उनले विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य नहुने उनको भनाइ छ । 

‘अहिले केही पदाधिकारी एवं जिम्मेवार नेताहरूबाट विशेष महाधिवेशन अथवा यही कार्यसमितिलाई डेढ दुई वर्ष समय थप्ने कुरा सुनिँदैछ, कोही केन्द्रीय सदस्यले यस्तो कुरा गरेका छैनन्,’ उनले भने, ‘पार्टीको विधान र संविधानले दिएको समय गुज्रिसकेकाले नियमित अधिवेशनमा जानुको विकल्प छैन । विशेष महाधिवेशन र म्याद थप्ने कुरा कदापि मान्य हुँदैन ।’

कोइरालाले क्रियाशील सदस्यताको समस्या समाधान नभई महाधिवेशन हुन नसक्ने समेत बताएका छन् । क्रियाशील सदस्यताको समस्या समाधान गरेर दुई महिनाभित्र महाधिवेशन गर्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘पटक-पटक हामीले कार्यतालिका बनायौं तर क्रियाशीलको विवादले कार्यतालिका प्रभावित भयो, यो पटक त्यस्तो नहोस् । छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुङ्ग्याएर डेढ-दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ ।’

यो पनि