काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको जिल्ला सभापति भेला सकिएको छ ।
नुवकोट जिल्ला सभापति जगदिश्वर नरसिंह केसीका अनुसार भेलाले गरेका निर्णय भोलि (बुधबार) बिहान ९ बजे सार्वजनिक गरिने छ ।
ठमेलको एक होटल सोमबार र मंगलबार बसेको जिल्ला सभापतिहरूकाे भेलाले पार्टीको संवैधानिक संकट टार्न विशेष महाधिवेशनमा जान नेतृत्वलाई सुझाव दिएको छ ।