बैशाख १८, २०८१, मंगलबार
               

ओलीले जति गाली गरे पनि एकताको पक्षमा छु : नेपाल

नेपाल फ्ल्यास
साउन २२, २०७८

ADVERTISEMENT

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् । 

नेपाल पक्षका केन्द्रीय सदस्यहरूको बैठकलाई शुक्रबार सम्बोधन गर्दै नेता नेपालले त्यस्तो बताएका हुन् । बैठकले अध्यक्ष ओलीले एकतालाई भाँजो हाल्ने काम गरेको आरोप समेत लगाएको छ । एकता प्रक्रिया अघि बढिरहेको बेला एकता प्रक्रियामा भाँजो हाल्ने काम पनि अर्को पक्षबाट भइरहेको नेता रघुजी पन्तले आरोप लगाए । 'एकपक्षीय ढंगले पार्टी सदस्यता नवीकरण गर्ने । अधिवेशन गर्ने काम एकतालाई भाँजो हाल्ने काम हो,' बैठकका निर्णय सुनाउँदै नेता पन्तले भने, '१० बुँदेलगायतका सहमतिले एकताको आधार तयार पारेको छ । कुराकानी र वार्ता निरन्तर भइरहेका छन् तर एकपक्षीय ढंगले अघि बढे एकतामा असर पर्छ ।'

त्यस्तै बैठकले दशबुँदे सहमति र एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ । पार्टी सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन जस्ता एकपक्षीय गतिविधिहरु रोक्न संस्थापन पक्षलाई आग्रह गरेको छ । नेपाल पक्षको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा भने कुनै पनि छलफल नभएको बताएको छ ।


कस्तो लाग्यो ?

यो पनि