बैशाख १२, २०८१, बुधबार
               

प्रचण्डको भ्याकेट निवेदन खारेज, एमाले रोजेका जनप्रतिनिधिको पद कायमै

नेपाल फ्ल्यास
साउन २१, २०७८

ADVERTISEMENT

सर्वोच्च अदालतले माओवादी केन्द्रको पुनरावलोकन निवेदन खारेज गरेको छ। एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिको पदबहाली गर्ने कदमविरूद्ध अदालत गएका केन्द्रको पुनरावलोकन निवेदन न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो। 

प्रचण्डले साउन ७ र २० गते दायर गरेको निवेदनमा अन्तरिम आदेशमार्फत् एमाले गएका पूर्वमाओवादी जनप्रतिनिधिहरूलाई पुनर्बहाली गर्ने निर्णयलाई रद्द गर्न माग गरेका थिए। २३ फागुनमा सर्वोच्च अदालतकै फैसलापछि तत्कालीन नेकपा विघटन भएपछि पूर्वमाओवादीका १४ जना स्थानीय तहका जनप्रतिनिधि एमालेमा गएका थिए।

दल त्याग गरेको आरोपमा उनीहरुलाई माओवादी केन्द्रले कारबाही गरेर पदच्युत गरेका थिए। तर, उनीहरू पुनर्बहाली भएका हुन्। रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह, कटहरीयाका मेयर सियराम कुशवाहलगायत वडाध्यक्षदेखि मेयरसम्मका १४ जना जनप्रतिनिधि माओवादी छाडेर एमाले भएका थिए । उनीहरू सबैलाई अदालतले पुनर्वहाली गरेको थियो । सो अन्तरिम आदेश खारेजीका लागि प्रचण्ड अदालत गएका थिए । 

यो पनि